कारोबार संवाददाता
बिहिवार, आश्विन ९, २०७६
348

सनराइज बैंकले आफ्नो १२ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको जनाएको छ । ‘वित्तीय साक्षरता– हामीसँग सँगै’ भन्ने नाराको साथ बैंकले असोज २ मा पेप्सीकोला र असोज ३ मा पोखरा शाखाबाट कार्यक्रमको सुरुवात गरेको थियो ।
त्यसैगरी बैंकले असोज १० देखि १५ गतेसम्म बिर्तामोड, मिरचैंया, नेपालगन्ज, सुर्खेत र लम्कीलगायत देशभर आफ्नो विभिन्न शाखाहरूबाट वित्तीय साक्षरता कार्यक्रम गर्ने योजना बनाएको छ पनि जनाएको छ । बंैकले असोज महिनालाई १२ औं वार्षिक उत्सवपूर्ण महिनाको रूपमा मनाउन विभिन्न १२ विधामा देशभर कार्यक्रमहरू गर्दै जाने जनाएको छ ।