रजनी श्रेष्ठ
बुधवार, आश्विन ८, २०७६
889

कृषि विकास बैंकको डेढ करोड भन्दा धेरै रकम ह्याकर समूहले लुटेको छ । प्रहरीले १०  जनालाई पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुशार ह्याक भएको रकम निकाल्ने १० जनामध्य ३ जनालाई आइतबार काठमाडौंबाट र बाकीलाई काठमाडौं बाहिरबाट पक्राउ गरिएको हो  । पक्राउ पर्नेमा काठमाडौंका सञ्जय घले, सुजन कार्की, निमा तामाङ, विद्या सागर, नुवाकोटका लेमान तामाङ,निर्मला तामाङ, सिरहाबाट पुष्पराज खड्का र लक्ष्मी तामाङ रहेका छन् ।
प्रहरीले उनीहरुलाई २ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरेको छ ।