कारोबार संवाददाता
बुधवार, आश्विन ८, २०७६
514

सिटी एक्सप्रेस मनी ट्रान्सफर तथा ई–सेवाबीच रेमिटेन्स कारोबार सुरु भएको छ । एक कार्यक्रमकाबीच सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र ई–सेवाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभाष सापकोटाले सो सम्झौतामा हस्ताक्षर गरेको भन्दै कम्पनीले सम्झौताअनुसार ई–सेवा प्रयोगकर्ताले आफ्नो ई–सेवामा भएको रकम आफैंले सिटी एक्सप्रेसको नेपाल भरी रहेको ७ हजारभन्दा बढी एजेन्टमा पठाउन सक्ने तथा यसका साथै ई–सेवाका एजेन्टहरूबाट पनि यो सेवाको लाभप्राप्त गर्न सक्ने जनाएको छ ।
यसका साथै सिटी एक्सप्रेसका सबै एजेन्टहरूबाट आफ्नो ई–सेवा खातामा रकम जम्मा गर्ने सुविधा पनि थप गरिएको पनि सिटी एक्सप्रेसले जनाएको छ ।