कारोबार संवाददाता
बुधवार, आश्विन ८, २०७६
476

एनआईसी एसिया बैंक लिमिटेड र सेलवेज क्यास एन्ड क्यारी प्रालिअन्तर्गतका सेल्सबेरी र सेलवेज डिपार्टमेन्ट स्टोरबीच एनआईसी एसिया बैंकको मोबाइल बैंक एप प्रयोग गरी क्युआर कोडमार्फत सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम ५ सय रुपैयाँसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौताअनुसार सेल्सबेरी तथा सेलवेज डिपार्टमेन्ट स्टोरमा सामान खरिद गर्दा एनआईसी एसिया बैंकको मोबाइल बैंक एपको क्यूआर कोडमार्फत भुक्तानी गर्दा १५ प्रतिशत रकम वा अधिकतम ५ सय रुपैयाँसम्म छुट प्राप्त गर्न सक्ने भन्दै बैैंकले यो अफर सेल्सबेरी डिपार्टमेन्टल स्टोरको सबै आउटलेटहरुमा र सेलवेज डिपार्टमेन्टल स्टोरको पोखरा आउटलेटमा लागू हुने जनाएको छ ।
सम्झौतामा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र सेलवेज क्यास एन्ड क्यारी प्रालिको तर्फबाट कम्पनीका प्रमुख वित्त अधिकृत सन्दीप प्रधानाङ्गले हस्ताक्षर गरेका थिए । असोज पहिलो सातादेखि छठ पर्वसम्म लागू हुने यो योजनाबाट ग्राहक महानुभावहरुले चाडपर्वको समयमा अधिकतम लाभ लिन सक्नुहुने विश्वास लिएको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डेले बताए ।