कारोबार संवाददाता
बिहिवार, आश्विन २, २०७६
348

ग्रामीण तथा दुर्गम स्थानहरू साथै सहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एनआईसी एसिया बैंकको नयाँ शाखा सल्यानको श्रीनगरमा सञ्चालनमा आएको छ । सल्यान जिल्ला, शारदा नगरपालिका–१ स्थित श्रीनगर शाखा मंगलबारदेखि सञ्चालनमा आएको भन्दै बैंकले सञ्चालनमा ल्याएको यस श्रीनगर शाखाकोे उद्घाटन शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले गरेको जनाएको छ ।
श्रीनगर शाखा सञ्चालनमा आएसँगै सल्यान क्षेत्रका ग्राहक महानुभावहरूलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।