कारोबार संवाददाता
बिहिवार, आश्विन २, २०७६
298

संस्थागत सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै सानिमा बैंक अमरसिंह, पोखरा शाखाले कालिका माध्यमिक विद्यालयद्वारा सञ्चालित ‘विद्यालय खाजा अभियान’ लाई ६ लाख रुपैयाँ आर्थिक सहयोग गरेको जनाएको छ ।
उक्त खाजा अभियानअन्तर्गत विद्यालयले दैनिक १ सय २५ भन्दा बढी बालबालिकलाई खाजा खुवाउँदै आइरहेको भन्दै बालदिवसको अवसरमा विद्यालयद्वारा आयोजित एक कार्यक्रममा यस बैंकका गण्डकी प्रदेश प्रमुख भावुक तण्डुकारले कालिका विद्यालयको प्रधानाध्यापक बलराम गिरीलाई सो रकम हस्तान्तण गरेको बैंकले जनाएको छ ।