कारोबार संवाददाता
सोमवार, भदौ ३०, २०७६
445

सेञ्चुरी कमर्सियल बैंक, बनेपा शाखाले विद्यार्थीहरूलाई विद्यालय पोसाक वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्र्तगत काभे्र जिल्ला, बनेपा नगरपालिका–९ स्थित सञ्चालनमा रहेको आदर्श बालविकास केन्द्रका बौद्धिक रूपमा अशक्त भएका ४५ जना विद्यार्थीलाई राष्ट्रिय बाल दिवसको अवसर पारी विद्यालय पोसाक वितरण गरेको छ ।
विद्यालय पोसाक बनेपा शाखाका शाखा प्रमुख सुकेश शाक्यले विद्यालयमा सञ्चालन गरिएको राष्ट्रिय बाल दिवस कार्यक्रममा व्यवस्थापन समितिका अध्यक्ष रामकुमार मुल्मीलाई हस्तान्तरण गरेका हुन् ।