कारोबार संवाददाता
सोमवार, भदौ ३०, २०७६
353

आइतबार एक समारोहकाबीच प्राइम कमर्सियल बैंकका अध्यक्ष राजेन्द्र दाश श्रेष्ठले कन्काई विकास बैंकलाई प्राप्ति पश्चात्को एकीकृत कारोबार शुभारम्भ गरेको बैंकले जनाएको छ । प्राइम कमर्सियल बैंकका अध्यक्ष श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धर तथा दुवै वित्तीय संस्थाका सञ्चालकहरू र बैंकका कर्मचारीहरूको उपस्थिति थियो ।
बैंकले बिभिन्न वित्तीय संस्थाहरूलाई मर्जर-प्राप्तिसमेत गरी आफ्नो पुँजी बढाउने योजनाअन्र्तगत कन्काई विकास बैंकलाई प्राप्ति गरिएको पनि जनाएको छ । यी दुई बैंकहरूको प्राप्तिपश्चात् बैंकको चुक्ता पुँजी ९.६८ अर्ब रुपैयाँ पुगेको छ भने निक्षेप ८८.०३ अर्ब रुपैयाँ तथा कर्जा ८०.२८ अर्ब रुपैयाँ पुगेको छ । प्राप्तिपश्चात्का प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या पनि ९५ पुगेको बैंकले जनायो ।