कारोबार संवाददाता
आइतवार, भदौ २९, २०७६
429

मुक्तिनाथ विकास बैंक लि, काठमाडौं र रुपाकोट रिसोर्ट, पोखरा कास्कीबीच एक सम्झौता भएको छ । उक्त सम्झौताबमोजिम मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्ड भएका सबै ग्राहकले रुपाकोट रिसोर्टका विभिन्न सेवा सुविधामा १५% सम्मको विशेष छुट दिने व्यवस्था भएको जनाएको छ । उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सी र रुपाकोट रिसोर्टकोे तर्फबाट बिक्रि प्रबन्धक पियुस लामाले हस्ताक्षर गरेक थिए । यस सुविधाबाट बैंकका सेवाग्राहीलाई थप लाभ हुने बैकले अपेक्षा गरेको जनाएको छ ।