कारोबार संवाददाता
बिहिवार, भदौ २६, २०७६
221

एन आई सी एशिया बैंक लिमिटेड र ललितपुर जिल्ला अदालत लगनखेल, ललितपुरबीच ललितपुर महानगरपालिका वडा नं १५ लगनखेलस्थित ललितपुर जिल्ला अदालत परिसरमा एक्स्टेन्सन काउण्टर र एटिएम मेसिन संचालनकालागि स्थान उपलब्ध गराउने सम्झौता भएको छ ।
सो सम्झौतापत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डे र ललितपुर जिल्ला अदालत लगनखेलको तर्फबाट अदालतका श्रेस्तेदार नगेन्द्र कुमार कालाखेतीले हस्ताक्षर गरे । ललितपुर जिल्ला अदालत परिसरमा एक्स्टेन्सन काउण्टर र एटिएम मेसिन संचालनमा आएसँगै अदालतमा आउने सेवाग्राहीलाई आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने विश्वास बैंकले लिएको छ ।