कारोबार संवाददाता
बिहिवार, भदौ २६, २०७६
389

धनगढी- सुदूरपश्चिम प्रदेशका दुई लघुवित्त वित्तीय संस्था गैर आवासीय नेपाली (एनआएएन) लघुवित्त वित्तीय संस्थामा मर्ज भएका छन् ।
अछामको रामारोशन लघुवित्त वित्तीय संस्था र कैलालीको क्रियटिभ लघुवित्त वित्तीय संस्था एनआरएन लघुवित्त वित्तीय संस्थाको धनगढीस्थित कार्यालयमा भागिए मंगलबारबाट सेवा शुरु गरेका छन् । धनगढीमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले एनआरएन लघुवित्त वित्तीय संस्थाको संयुक्त कारोबार उद्घाटन गरेका हुन् ।

बैंक तथा वित्तीय संस्था एक आवसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्त (एक्विजिशन) सम्बन्धी विनियामावली २०७३ को विनियम ११ मा व्यवस्था भएमोजिम नेपाल राष्ट्र बैंकले यि लघुवित्त वित्तीय संस्थाहरुलाई २०७६ साउन २६ गते एकआपसमा भागिन अन्मित स्वीकृति दिएको थियो । सोही अनुरुपमा मंगलबारबाट संयुक्त कारोबार प्ररम्भ गरिएको एनआरएन लघुवित्त वित्तीय संस्था धनगढीमा सिइओ इन्द्रकुमार शाहले बताए ।
दुई संस्थाको मर्जरसंगै एनआएएन लघुवित्त वित्तीय संस्थाले देशको १७ जिल्लामा ७१ वटा शाखाबाट सेवा दिन थालेको छ । अब एनआएएन लघुवित्त वित्तीय संस्थामा कार्यरत कर्मचारीको संख्या दुई सय ८२ पुगेको छ ।
मर्जरपछिको सेवा प्रारम्भ गर्दै डेपुटी गर्भनर शिवाकोटीले सकेसम्म कम व्याजदरमा कम फाइदा लिएर सेवा ग्राहीलाई सेवा दिनुपर्ने बताए । उनले लघुवित्त वित्तीय संस्थाहरुबारे आउने गरेको गुनासोलाई सम्बोधन गरेर एनआएएन लघुवित्त वित्तीय संस्थाले सेवा प्रवाह गर्नेमा आफू विश्वस्त रहेको बताए ।
बढिमा १८ प्रतिशत व्याज र २ प्रतिशत सेवा शुल्क लिनुपर्ने व्यवस्था रहेको जानकारी गराउँदै त्यो भन्दा बढि लिएको गुनासो आएमा कारबाही गर्ने समेत डेपुटी गर्भनर शिवाकोटीले बताए । उनले देशमा लघुवित्त वित्तीय संस्थाको ठूलो महत्व रहेको बताउँदै विरोशबाट आएको लगानीलाई समेत संस्थागत गरेर अगाडि बढाउन आग्रह गरे ।
कार्यक्रममा नेपाल राष्ट्र बैंक धनगढीमा प्रबन्धक निश्चल अधिकारीले राष्ट्र बैंकको निर्देशनलाई अक्षरसः पालना गर्न अनुरोध गर्दै पालना नगर्नेलाई कारबाही हुने जानकारी गराए । मर्जर समितिका संयोजक तथा एनआएएन लघुवित्त वित्तीय संस्थाका सञ्चालक शम्भुप्रसाद घिमिरेले वित्तीय संस्थाले लघु उद्यमको विकास गर्नुपर्ने बताउँदै ऋणको व्याज खाने काम मात्रै गर्न नहुने बताए । रामारोशन लघुवित्त वित्तीय संस्थाका अध्यक्ष चक्रबहादुर रावलले जीवनस्तर उठाउने काममा लघुवित्त संस्था लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा क्रियभिट लघुवित्त वित्तीय संस्थाका सञ्चालक तेजशंकर भट्ट लगायतले मन्तव्य व्यक्त गरेको कार्यक्रम एनआरएन लघुवित्त वित्तीय संस्थाका अध्यक्ष प्रमोद उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको थियो ।