कारोबार संवाददाता
बुधवार, भदौ २५, २०७६
269

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाईसूचना प्रविधि (आईटी) अडिट गर्न निर्देशन दिएको छ । पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाले प्रयोग गर्ने सूचना प्रविधिको सुरक्षाको विषयमा प्रश्न उठेपछि राष्ट्र बैंकले अडिट गर्न भनेको हो ।
केन्द्रीय बैंक प्रविधि प्रयोगमा विशेष सतर्कता अपनाउनका तयसको सुरक्षा अडिट गर्न बैंक तथा वित्तीय संस्थाहरूलार्ई निर्देशन दिएको हो ।विभिन्न किसिमका साबइर आक्रमण, भाइरस लगायतका विधिबाट हुने डाटा चुहावट र चोरी नियन्त्रण गर्न गुणस्तरीय प्रविधि प्रयोग गर्न तथा त्यसको अडिट गर्न अनिवार्य रहेको केन्द्रीय बैंकले जनाएको छ । चिनियाँ ह्याकरहरूले नेपाली बैंकको एटिएम प्रणाली ह्याक गरेर पैसा चोरेपछि केन्द्रीय बैंकले बैंकहरूलार्ई प्रविधिको सुरक्षाको पाटोमा थप ध्यान दिन निर्देशन दिएको हो ।
राष्ट्र बैंकले सूचना प्रविधि प्रणालीमा आधारीत वेबसाइट, मोबाइल एप, सामजिक सञ्जाल, मालवेर भाइरस, ¥यानसोमवेर जस्ता बाह्य जोखिम नियन्त्रणका लागि सचेत हुन सुझाएको हो । यस्तै, प्रविधिमार्फत सूचना आदानप्रदान, भुक्तानी आदेश एवं सेवा प्रवाह गर्दा अवलम्बन गरिएका प्रणालीहरूको सत्यता जाँच गर्न समेत केन्द्रीय बैंकले निर्देशन दिएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाईआवश्यकता अनुसार प्रणालीहरूको बारम्बार अनुगमन गर्ने, सम्बन्धित निकायमा आवश्यक सूचना प्रवाह गर्न समेत निर्देशन दिएको छ । राष्ट्र बैंकले सूचना आदनप्रदान गर्दा, भुक्तानी आदेश एवं सेवा प्रवाह गर्दा अवलम्बन गरेका प्रणालीको सत्यता जाँच गरेर मात्र प्रयोग गर्ने ब्यवस्था मिलाउन पनि निर्देशन दिएको हो ।