कारोबार संवाददाता
मंगलबार, भदौ २४, २०७६
241

ज्योति विकास बैंकले सोमबार काठमाण्डौको सिनामंगलमा नयाँशाखाको औपचारिक उद्घाटन गरेको जनाएको छ । बैंकिङ्ग पहुंच थप विस्तार गर्दै जनता माझ पुर्याउने उद्देश्यकासाथ नयाँ शाखा सिनामंगलमा सञ्चालनमा ल्याइएको भन्दै बैंकले यस नयाँ शाखा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्राङ्गण भित्रै राखेको पनि जनाएको छ । काठमाण्डौ महानगरपालिका वडा नं ९, सिनामंगलस्थित ज्योति विकास बैंकको नयाँ शाखाको उद्घाटन नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री तथा ज्योति विकास बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्तरुपमा गरेका थिए । कार्यक्रममा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीसमेतले सम्बोधन गरेका थिए ।