कारोबार संवाददाता
बिहिवार, भदौ १९, २०७६
291

भक्तपुर- बाबा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मध्यपुर थिमिले आ. व. २०७५-७६ मा ५० लाख ८५ हजार २ सय ६८ रुपैंया ९३ पैसा खुद नाफा गरेको जनाएको छ । ३ करोड ६६ लाख ५०० शेयर पू“जी रहेको बाबा साकोसको १४ औं साधारण सभामा दिइएको जानकारी अनुसार सोही आ.व.मा बचत तथा निक्षेप २९ करोड लाख ५१ लख ३ हजार ३ सय ३० रुपैंया ३२ पैसा संकलन गरी २१ करोड ६७लाख ९३ हजार ९ सय ५ रुपैया ५५ ऋण लगानी गरी खुद नाफामा बृद्धि गरेको थियो । गत आ. व.मा संस्थाको नाफा करिब ३३ लाख रहेको पनि स.स्थाले जनाएको छ ।