कारोबार संवाददाता
बिहिवार, भदौ १९, २०७६
282

कृषि विकास बैंक पुतलीसड्कको आयोजनामा राष्द्रिय वाणिज्य दिवसको उपलक्ष्यमो शंकरदेव क्याम्पस विधार्थी अल्मुनाईको आयोजनामा शंकरदेव क्याम्पसमा आयोजित कार्यक्रममा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायद्धारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत क्याम्पसका कक्षा कोठामा राख्न ५० थान भित्तेघडी क्याम्पस प्रमुख कृष्ण प्रसाद आचार्यलाई हस्तान्तरण गरेको बैकले जनाएको छ ।
 त्यसैगरी व्यवसाय प्रवद्र्धन कार्यक्रम अन्र्तगत शंकरदेव क्याम्पस विधार्थी अल्मुनाइ एसोसियसनलाई सहयोग स्वरुप ५० हजारको चेक अल्मुनाइका अध्यक्ष श्रीमती अमोदा श्रेष्ठलाई प्रदान गरे । उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले आफु पनि उक्त क्याम्पसको पूर्व विधार्थी रहेको र आमन्त्रणका लागि धन्यवाद प्रदान गर्दै बैंक तथा क्याम्पस बिच लामो समय देखि व्यवसायिक सहकार्य रहेकोमा अवका दिनमा अझ बलियो सहकार्यको अपेक्षा गरे ।