कारोबार संवाददाता
बुधवार, भदौ १८, २०७६
525

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.को आ.व.०७५-७६ को वार्षिक कार्यक्रम तथा वजेट समीक्षा गोष्ठी भाद्र १४ र १५ गते वुटवलमा सम्पन्न भएको छ । प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्कीले गोष्ठी उद्घाटनका क्रममा आफ्नो मनतब्य राख्दै अघिल्लो समीक्षा गोष्ठीमा भएका निर्णयहरूको कार्यान्वयन पक्षको विश्लेषण गर्नुका साथै समीक्षा अवधिमा लक्ष्य अनुरुप उपलब्धी हासिल हुन नसकेका सूचकांकहरूका वारे खुलस्त छलफल गरी त्यसमा सुधार ल्याउन आवश्यक रहेको बताए ।
उनले आगामी दिनमा संस्थाले वार्षिक लक्ष्य पुरागर्न अपनाउनु पर्ने रणनीति तर्जुमा गर्न गोष्ठीले मार्गदर्शन गर्ने विश्वास व्यक्त पनि गरे । गोष्ठीमा संस्थाका पा“चवटै क्षेत्रीय कार्यालयहरू तथा विभागहरूबाट प्रस्तुत आ.व.२०७५-७६ को वार्षिक अवधिको बजेट समीक्षा तथा कार्यक्रमको प्रगति उपर विस्तृत रुपमा (शाखागत) छलफल गरी तोकिएको लक्ष्य भन्दा न्यून प्रगति हुनुका कारणबारे छलफल गरी आ.व.०७६-७७ मा कार्यक्रमको गुणस्तरमा सुधार गर्दै लक्ष्य अनुरुप प्रगति हासिल गर्ने प्रतिबद्धता जाहेर गरिएकोे थियो ।