कारोबार संवाददाता
बुधवार, भदौ १८, २०७६
393

काठमाडौं जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. १०, मध्य–बानेश्वर अवस्थित प्रभु बैंक लि.को शाखाकार्यालय का.जि.का.मन.पा. वडा नं. ३१, नयाँ बानेश्वरमा स्थानान्तरण गरेको बैकले जनाएको छ ।
उक्त स्थानान्तरण गरिएको शाखाको उद्घाटन नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले एक समारोहका विच गरेको भन्दै बैकले स्थानान्तरण भई नयाँ बानेश्वरमा सञ्चालनमा आएको बैंकको नयाँ बानेश्वर शाखा कार्यालयबाट यस क्षेत्रका संघ संस्था, सर्वसाधारणहरु, उद्योगी, व्यापारी तथा व्यवसायीहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको जनाएको छ ।