कारोबार संवाददाता
बुधवार, भदौ १८, २०७६
341

नबिल बैंकले विगतदेखि नै आफ्ना ग्राहकहरुलाई व्यक्तिगत बचत खातामा १३ घातक रोगहरुको बिमा सुविधा प्रदान गर्दै आएकोमा यसका अतिरिक्त व्यक्तिगत बचत खाता ग्राहकलाई १० लाखसम्मको सामुहिक व्यक्तिगत दुर्घटना बिमा योजना ल्याएको जनाएको छ । यो योजना भदौ १५ गतेदेखि लागू हुने गरी नबिल बैंकको तर्फबाट बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत अनिल खनाल र एन.एल.जी. बिमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तबीच सम्झौता भएको भन्दै बैकले योजनाअन्तर्गत, दैनिक मौज्दात ५ हजार वा सो भन्दा बढि राख्ने जुनसुकै प्रकारका नेपाली मुद«ाका व्यक्तिगत बचत खातावालालाई १० लाखको सामुहिक व्यक्तिगत दुर्धटना बिमा गरिएको जनाएको छ । योजनाअन्तर्गत बचतकर्ताको दुर्धटनाद्वारा मृत्यु भएमा अथवा स्थायी पूर्ण असक्तता भएमा एकमुष्ठ १० लाख बिमा रकम प्रदान गरिने पनि बैकले जनायो ।

 


सातामा धेरै पढिएको