कारोबार संवाददाता
बुधवार, भदौ १८, २०७६
322

महालक्ष्मी विकास बैंक लि. ले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यव्रmमहरु गर्र्दै आउनेक्रममा भाटभटेनि शाखाले सोमबार हिन्दु महिलाहरुको महान् चाड हरितालिका तीजको पावन अवसरमा पशुपति मन्दिरमा दर्शन गर्न आउने श्रद्घालु भक्तजनहरुकालागि शुद्घ पिउने पानी, जुस वितरणका साथै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको जनाएको छ । उक्त कार्यक्रममा बैंकले बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म दर्शनार्थीहरुलाई पानी तथा जुस वितरण र बिहान १० बजेदेखि अपराह्न ४बजेसम्म स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । ओम अस्पतालको सहकार्यमा आयोजित निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा स्वास्थ्य परिक्षण गराइ भक्तजनहरु प्रत्यक्ष लाभान्वित भएको बैकले जनाएको छ ।