कारोबार संवाददाता
सोमवार, भदौ ९, २०७६
378

नेपाल बंगलादेश बैंक लिमिटेडले शाखा विस्तारको क्रममा आफ्नो थप ६ शाखा सञ्चालनमा ल्याएको छ । यस बैंकले ललितपुर जिल्लाको सानेपा, काठमाडौं जिल्लाको टोखा र तिलगंगा , भक्तपुर जिल्लाको च्यामासिङ, दाङ जिल्लाको तुल्सीपुर र सिन्धुपाल्चोक जिल्लाको तातोपानी शाखा तथा तातोपानी भन्सार राजस्व संकलन काउन्टर उद्घाटन भई औपचारिक कारोबार शुभारम्भ भएको जनाएको छ ।
बैंकले सर्वसाधारणलाई सहज बैंकिङ सेवा–सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो शाखा सञ्जाल नपुगेका क्षेत्रमा नयाँ शाखा विस्तार गरेको हो । साथै शाखाहरूबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैंकिङ सेवा प्राप्त गर्न सक्ने जनाएको छ ।