कारोबार संवाददाता
सोमवार, भदौ ९, २०७६
322

आईएमई ग्रुपअन्तर्गत सञ्चालित आईएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र मितेरी डेभलपमेन्ट बैंक लिमिटेडबीच सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तुलसीप्रसाद वोस्तिर आईएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका छन् । यस सम्झौताअनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरूले सहज रूपमा ७० प्रतिशतसम्मको कर्जा सुविधा मितेरी डेभलपमेन्ट बैंक लिमिटेड (धरान प्रधान कार्यालय रहेको)बाट पाउने भएको जनाएका छन् ।