कारोबार संवाददाता
सोमवार, भदौ ९, २०७६
359

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले विभिन्न कार्यालयमा कार्यरत महिला कर्मचारीहरूका लागि एकदिने महिला कर्मचारी व्यक्तित्व विकास तथा उत्प्रेरणा तालिमको आयोजना गरेको जनाएको छ । शनिबार काठमाडौंमा सम्पन्न तालिममा वित्तीय संस्थाबाट सञ्चालित लघुवित्त कार्यक्रमलाई थप प्रभावकारी एवं गुणस्तरीय कायम गरी दिगो रूपमा कार्यक्रम सञ्चालन गर्न महिला कर्मचारीको विशिष्ट भूमिका हुने भएको र कर्मचारीको व्यक्तिगत वृत्ति विकासमा समेत टेवा पुग्ने हेतुले तालिमको आयोजना गरिएको पनि कमपनीले जनाएको छ । तालिम समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालले वित्तीय संस्थाको अघिल्लो वर्षको प्रगति र आगामी वर्षको कार्ययोजना सम्बन्धमा जानकारी गराए ।
उनले यस्ता किसिमका तालिमले संस्थाको लक्ष्यअनुरूप कार्यक्रमलाई अगाडि बढाउन सकारात्मक सोचको विकास हुने र उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दै तालिमबाट सिकेका कुराले कार्यक्षेत्रमा गई कार्यक्रमलाई अगाडि बढाउन थप हौसला मिलेको पनि बताए ।