कारोबार संवाददाता
बिहिवार, भदौ ५, २०७६
352

नेसनल बैंकिङ इन्स्टिच्युट (एनबीआई) र युनाइटेड फाइनान्सबीच बुधबार तालिम कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार एनबीआईले युनाइटेड फाइनान्सका कर्मचारीहरूको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरू उपलब्ध
गराउनेछ ।
उक्त सम्झौतापत्रमा युनाइटेड फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र नेसनल बैंकिङ इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजीव सुब्बाबीच हस्ताक्षर भएको कम्पनीले जनाएको छ ।