कारोबार संवाददाता
बुधवार, भदौ ४, २०७६
429

एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालन भएको दोस्रो बन्दमुखी योजना एनआईसी एसिया ब्यालेन्सड फन्डको प्रतिएकाइ मूल्य १० रुपैयाँ दरका १२ करोड ५० लाख एकाइमध्ये बिज पुँजीबापत न्यूनतम १५ प्रतिशत एकाइ कोष प्रबद्र्धक एनआईसी एसिया बैंक तथा योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटल लिमिटेडलाई सुरक्षित राखी बाँकी न्यूनतम १० करोड ६२ लाख ५० हजार एकाइको निष्कासन तथा बिक्री खुला साउन ८ गतेदेखि भदौ ५ गतेसम्म गरिएको बैंकले जानकारी गराएको छ ।
एनआईसी एसिया ब्यालेन्सड फन्डको एकाइ खरिद गर्न इच्छुक व्यक्ति तथा संघ–संस्थाहरूले भदौ ५ गते बैंकिङ समयभित्र आफ्नो सी–आस्बा खाता रहेको बैंक तथा वित्तीय संस्था वा मेरो सेयर लगइन गरी अनलाइनमार्फत आवेदन गर्न सकिने बेहोरा सम्बन्धित सबैमा बैंकले जानकारी पनि गराएको छ ।
यालेन्सड फन्डको एकाइ खरिद गर्नका लागि प्रचलित सामूहिक कोष नियमावली एवं निर्देशिकाको अधिनमा रही नेपाली नागरिक, गैरआवासीय नेपालीको प्रमाणपत्र (परिचय पत्र) जारी भएका व्यक्ति, प्रचलित कानुनबमोजिम दर्ता भएका नेपाली फर्म, संघ–संस्था, बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, कुनै पनि वर्ग वा समूहले खडा गरेको कोषहरू जस्तैः सञ्चयकोष, कल्याणकारी कोष, गुठी, अक्षय कोष आदिले आवेदन दिन सक्ने बैंकले बताएको छ ।