कारोबार संवाददाता
आइतवार, भदौ १, २०७६
297

ज्योति विकास बैंकले रेमिट सेवा अझ सहज र विस्तारित गर्ने क्रममा रेमिट टु नेपालसँग रेमिट सेवाका लागि सम्झौता गरेको जनाएको छ ।
बिहीबार ज्योति विकास बैंक र रेमिट टु नेपालबीच उक्त सहकार्य सम्झौता भएको भन्दै बैंकले सम्झौतापत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक सुशीलकुमार शर्मा तथा रेमिट टु नेपालको तर्फबाट रेमिट टु नेपालका महाप्रबन्धक सन्तोष भेटवालले हस्ताक्षर गरेको जनाएको छ । सम्झौतापश्चात रेमिट टु नेपालको रेमिट सेवा ज्योति विकास बैंकको जुनै पनि शाखा कार्यालयबाट लिन सकिनेछ ।
ज्योति विकास बैंकको मुलुकभर रहेका ९७ वटा शाखाबाट रेमिट टु नेपालको देश–विदेशबाट हुने रेमिट सेवा उपलब्ध हुने पनि बैंकले जनाएको छ ।