कारोबार संवाददाता
आइतवार, भदौ १, २०७६
259

सेञ्चुरी कमर्सियल बैंकको साउन २८ गते बसेको सञ्चालक समितिको २९४ औं बैठकको निर्णयले बैंकको रिक्त रहेको नायव कार्यकारी प्रमुख पदमा हाल प्रमुख व्यवसाय अधिकृत पदमा कार्यरत मनोज न्यौपानेलाई नियुक्त गरिएको बैंकले जनाएको छ ।
विगत २ वर्षदेखि बैंकको सहायक कार्यकारी प्रबन्धक पदमा कार्यरत मनोज न्यौपाने लक्ष्मी बैंकबाट बैंकिङ सेवा प्रारम्भ गर्नु भई हिमालयन बैंक तथा सनराइज बैंक गरी करिब १५ वर्षको विस्तृत बैंकिङ कार्यानुभव हासिल गरेको भन्दै बैंकले न्यौपाने बैंकको प्रमुख सूचना अधिकारी पनि रहेको जनाएको छ ।
काठमाडौं विश्व विद्यालयबाट वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका न्यौपानेको लगनशीलता, बजार पहुँच, बैंकिङ तथा वीत्त बजारसम्बन्धी ज्ञान तथा प्रभावकारी नेतृत्वमा बैंक आगामी दिनहरूमा अझ गतिशील भई सफलताका साथ अगाडि बढ्ने विश्वास बेकले लिएको पनि जनाएको छ ।