कारोबार संवाददाता
सोमवार, भदौ २, २०७६
377

माछापुछ्रे बैंकले देशका विभिन्न स्थानमा थप ९ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको जनाएको छ । बैंकले महोत्तरी जिल्लाको बर्दिबास नपा–११, खयरमारा, धनुषा जिल्लाको कमला नपा–६, सिंगयाही मडान, धनुषा जिल्ला कै सहिदनगर नपा–३, यदुकोहा र लक्ष्मिनिया नपा–७, लक्ष्मिनिया, सिराहा जिल्लाको कल्याणपुर नपा–६, भोक्राहा र कर्जन्हा नपा–२, बन्दीपुर तथा रौतहट जिल्लाको चन्द्रपुर नपा–२, जुडिवेला, चन्द्रपुर नपा–३, गैंडाटार र स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका–५ सेतीदोभानमा थप ९ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकले बैंकिङ पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैंकले शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको पनि जनायो । देशका विभिन्न स्थानमा ९ शाखारहित बैंकिङ सेवा थप भएसँगै माछापुछ्रे बैंकको शाखारहित बैंकिङ सेवा १ सय २१ पुगेको तथा ग्राहक सेवा केन्द्रका रूपमा सञ्चालित उक्त शाखारहित सेवा केन्द्रहरूबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिटेन्स भूक्तानीका साथै कर्जा आवेदनसमेत दिन सकिने भन्दै बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको र चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराउँदै आएको पनि बतायो ।