कारोबार संवाददाता
बुधवार, श्रावण २९, २०७६
522

मेगा बैंक नेपालले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत नेपाल प्रहरीलाई ५ हजार थान डायरी सहयोग गरेको छ । मेगा बैंक नेपालकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी विनोद घिमिरेलाई ५ हजार थान पकेट डायरी हस्तान्तरण गरे । शान्ति सुरक्षामा खटिएको नेपाल प्रहरीलाई काम गर्न थप सहज होस् भन्ने हेतुले बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको बैंकले जनाएको छ ।