कारोबार संवाददाता
बुधवार, श्रावण २९, २०७६
357

एनएमबी बैंकको मंगलबार सम्पन्न विशेष साधारणसभामा एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंक एक आपसमा गाभ्ने÷गाभिनेसम्बन्धी प्रस्ताव पारित भएको छ ।
मुलुकको समग्र बैंकिङ तथा वित्तीय प्रणालीको सम्बद्र्धन गरी सो प्रतिसर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न, मुलुकको बैंकिङ तथा वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई वित्तीय क्षेत्रको स्थायित्वका लागि निक्षेपकर्ता तथा लगानीकर्ताहरूको हितको संरक्षण गर्न, बैंकको वित्तीय, मानव संशाधन, प्राविधिक एवं अन्य क्षमता अभिवृद्धि गरी आधुनिक बैंकिङ सुबिधा अझ प्रभावकारी ढंगले प्रदान गर्न सक्ने छन् ।

व्यवसाय र शाखा सञ्जाल विस्तार गर्न तथा बैंकको पुँजीगत आधार सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यका साथ एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंक गाभ्न साधारणसभामा पेस गरेको प्रस्ताव साधारणसभाबाट सर्वसम्मतिले पारित भएको बैकले जनाएको छ ।
एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको सेयर मूल्य अनुपात १००ः ७६ रहने स्वीकृति साधारणसभाले प्रदान गरेको पनि जनाएको छ । जसमा ओम डेभलपमेन्ट बैंकका सेयरधनीहरूले ओम डेभलपमेन्ट बैंकको प्रत्येक १०० कित्ता बराबर एनएमबि बैंकको ७६ कित्ता सेयर प्राप्त गर्ने भन्दै बैंकले मर्जरपश्चात् एनएमबी बैंकको कुल पुँजी तथा जगेडा कोषमा वृद्धि भई २० अर्ब ४२ करोड रुपैयाँ हुनेछ भने निक्षेप र कर्जा क्रमशः १ खर्ब १९ अर्ब र १ खर्ब १३ अर्ब रुपैयाँ पुग्नेछ ।