कारोबार संवाददाता
बुधवार, श्रावण २९, २०७६
219

मंगलबार ११ औं वार्षिक साधारणसभा अध्यक्ष सुशीलराज पराजुलीको अध्यक्षतामा सम्पन्न भएको राष्ट्रिय लुम्बिनी विकास बैंकले सेयरधनीहरूलाई चुक्ता पुँजीको १७.०७ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णयसमेत पारित गरेको जनाएको छ । सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन, आव २०७५ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र सोही अवधीको नगद प्रवाहको विवरणलगायतका अनुसूचीहरू पारित गरेको भन्दै बोनस सेयर वितरणपश्चात् बैंकको चुक्ता पुँजी २ अर्ब ५८ करोड ६९ लाख पुग्ने पनि जनाएको छ ।