कारोबार संवाददाता
मंगलबार, श्रावण २८, २०७६
401

एनआईसी एसिया बैंक र उपाय सर्भिसेस लिमिटेडबीच उपायले प्रदान गर्ने व्यावसायिक परामर्श सेवामा छुटसम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौताअनुसार उपायले प्रदान गर्ने सेवाहरूमा एनआईसी एसिया बैंकका ग्राहक महानुभावहरूले डिजिटल च्यानलहरूमार्फत भुक्तानी गर्दा २० प्रतिशत छुट प्रदान गरिने भएको भन्दै बेकले सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र उपाय सर्भिसेस लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष सुमन रायमाझीले हस्ताक्षर गरेको जनाएको छ ।
उपाय सर्भिसेज लिमिटेड कानुन, वित्त व्यवस्थापन र प्रविधिको क्षेत्रमा अनुभव बटुलेका व्यावसायिक व्यक्तिहरूद्वारा प्रवद्र्घित तथा सञ्चालित एक डिजिटल प्ल्याटफर्म हो भने एनआईसी एसिया बैंक मुलुकभर २ सय ९५ शाखा कार्यालय, ३ सय २१ एटीएम, ५७ वटा एक्स्टेन्सन काउन्टर एवं ४१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक भएको बैंकले जनाएको छ ।