कारोबार संवाददाता
सोमवार, श्रावण २७, २०७६
465

नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरूबाट प्रवद्र्घित नेपाल क्लियरिङ हाउसले सञ्चालनमा ल्याएको कनेक्ट आईपीएस पेमेन्ट प्रणालीमा कारोबार गर्ने बैंकहरूमा राष्ट्रको सबैभन्दा ठूलो सरकारी निकायको बैंक, राष्ट्रिय वाणिज्य बैंकलाई पनि उक्त प्रणालीमा आबद्ध गराई आइतबारबाट कारोबार सञ्चालनमा ल्याएको जनाएको छ ।
सो सेवा सुचारु भएसँगै राष्ट्रिय वाणिज्य बैंकका हजारौं  ग्राहकहरूले पनि अब यस डिजिटल भुक्तानी प्रणालीमार्फत आफ्नो बैंक खाताबाट विभिन्न अनलाइन भुक्तानीे कारोबारहरू गर्न सक्ने भन्दै कम्पनीले प्रणालीमा बैंककाग्राहकले आफूलाई एक पटक आबद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध विभिन्न भुक्तानी सेवाहरूप्राप्त गर्न सक्ने जनाएको छ ।


सातामा धेरै पढिएको