कारोबार संवाददाता
बिहिवार, श्रावण २, २०७६
529

देवः विकास बैंक आज १३ औं वर्ष पूरा गरी १४ औं वर्षमा प्रवेश गरेको शुभअवसरमा आयोजित रक्तदान कार्यक्रम बैंकको केन्द्रीय कार्यालय, लालदरबारमा सम्पन्न गरेको छ । । नेपाल रेडक्रस सोसाइटीको सहयोग एवं ब्लड डोनर्स एसोसिएसन नेपाल, काठमाडौं जिल्लाको सहकार्यमा सम्पन्न भएको उक्त कार्यक्रममा ७० जनाभन्दा बढी रक्तदाताहरूको सहभागिता थियो ।
बैंकका कर्मचारीहरूलगायत स्थानीय स्वयम्सेवी रक्तदाताहरूको समेत उत्साहजनक सहभागिता रहेको यस कार्यक्रम आगामी दिनमा पनि निरन्तरता दिइने भन्दै बैंकले जनाएको छ ।
सोही अवसरमा बैंकको पहलमानपुर शाखाको सक्रियतामा कैलालीको घोडाघोडी ताल तथा मन्दिर परिसरमा आयोजित कार्यक्रममा बैंकका कर्मचारीहरूका सथासाथै विद्यार्थीहरू, भक्तजनहरू एवं स्थानीय व्यक्तिहरूको समेत उपस्थितिमा स्थानीय घोडाघोडी गुरुकुलमा संस्कृत अध्ययनरत विद्यार्थीहरूलाई दैनिक आवश्यक खाद्यान्न वितरण गरेको पनि जनाएको छ ।