कारोबार संवाददाता
बिहिवार, श्रावण २, २०७६
1285

रुपन्देहीमा केन्द्रीय कार्यालय रहेका तिनाउ डेभलपमेन्ट बैंक र मिसन डेभलपमेन्ट बैंक मर्जर भई बनेको तिनाउ मिसन डेभलपमेन्ट बैंकका अध्यक्ष टीकाराम घिमिरेले पद तथा गोपनियताको शपथ लिएका छन् ।
बुधबार नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाका निर्देशक राजेन्द्र भट्टराईले अध्यक्ष घिमिरेलाई शपथ खुवाएका हुन् । शपथ ग्रहण कार्यक्रममा निर्देशक भट्टराईले वित्तीय स्थायित्व कायम गर्न, संस्थागत सुशासनलाई बलियो बनाउन तथा बैंक तथा वित्तीय संस्थाहरूले प्रदान गर्ने सेवालाई थप गुणस्तरीय बनाउनका लागि मर्जर तथा एक्विजिसनको आवश्यकता रहेको बताए । भट्टराईले नव नियुक्त अध्यक्ष घिमिरेलाई वित्तीय सुशासन र स्थायित्व कायम गर्न शुभकामना दिए ।
कार्यक्रममा तिनाउ मिसन डेभलपमेन्ट बैंकका सञ्चालक ऋषिराम पाण्डे, प्रमुख कार्यकारी अधिकृत प्रदीपकुमार श्रेष्ठ, नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाका उपनिर्देशक एवं सहायक निर्देशकहरूको उपस्थिति थियो । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७ घ बमोजिम बैंक तथा वित्तीय संस्थाको अध्यक्षले राष्ट्र बैंक समक्ष पद तथा गोपनियताको शपथ लिनुपर्ने कानुनी व्यवस्था छ ।