कारोबार संवाददाता
बुधवार, श्रावण १, २०७६
515

करिब तीन दशकअघि सञ्चालनमा आएको ग्रामीण स्वावलम्बन कोषलाई नेपाल सरकारले साना किसान लघुवित्त सस्थालाई हस्तान्तरण गरेको छ । अर्थ मन्त्रालयमा भएको एक कार्यक्रम बीच कोषलाई साना किसान लघुवित्त सस्थालाई हस्तान्तरण गरिएको हो । कोषमा नेपाल सरकारको ५४ करोड, नेपाल राष्ट्र बैंकको २५ करोड ३४ लाख गरी कुल ७९ करोड ३४ लाख सुरुवाती अवस्थामा पुँजी रहेको थियो ।
गत वर्ष नेपाल सरकारको निर्णयबाट नेपाल राष्ट्र बैंकभन्दा उत्तम तरिकाले सही ठाउँमा लगानी गरेर अगाडि बढ्नसक्ने भन्दै हस्तान्तरण गर्न निर्णय गरेको थियो ।
कोषमा हाल १ अर्ब रुपैयाँ मौज्जात रकम रहेको छ भने ३५ करोडको बाहिरी कर्जा रहेको जनाएको छ । बैकको उद्देश्य गरिव जनतालाई क्रण प्रभाव गर्ने रहेको भन्दै बैंकलाई विस्तार गरेर लिएर जाने बताइएको छ । तीन दशक पहिला निमुखा गरिब जनतालाई सेवा दिने उद्देश्यले बैंकको स्थापना गरिएको थियो ।