कारोबार संवाददाता
सोमवार, असार ३०, २०७६
392

मुक्तिनाथ विकास बैंक र ओम समाज डेन्टल हस्पिटल, चाबहिलबीच बैंकका ग्राहकहरूलाई हस्पिटलको तोकिएका शुल्कमा विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल तथा ओम समाज डेन्टल हस्पिटलको तर्फबाट अध्यक्ष सुवास घिमिरेले हस्ताक्षर गरेका थिए ।
यस सम्झौतापश्चात् मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले डेन्टल अस्पताल, चाबहिलमा उपचार गराउँदा तोकिएका विभिन्न सेवाहरूमा १५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको पनि बैंकले जनाएको छ ।