कारोबार संवाददाता
बिहिवार, असार २६, २०७६
400

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नेपालगन्जमा अवस्थित लर्ड बुद्घ एजुकेसनल एकेडेमी लिद्वारा सञ्चालित नेपालगन्ज मेडिकल कलेज तथा कोहलपुर मेडिकल कलेजबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकका डेबिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गहरुलाई उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा साउन १ गते बाट लागू हुने गरी १० प्रतिशतसम्मको छुट प्रदान गर्ने सहमति भएको छ ।
उक्त सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड क्षेत्रीय कार्यालय, नेपालगन्जका क्षेत्रीय प्रबन्धक जयन्द्रबहादुर खड्का र लर्ड बुद्घ एजुकेसनल एकेडेमीका प्रबन्ध सञ्चालक डा. सुरेशकुमार कानोडियाले हस्ताक्षर गरेका थिए ।