कारोबार संवाददाता
शुक्रवार, असार १३, २०७६
625

 माछापुछ्रे बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत मोरङ जिल्लाकोे सुन्दरहरैचा–६ मा रहेको श्रीखण्ड माध्यमिक विद्यालयलाई १० थान सिलिङ पङ्खा हस्तान्तरण गरेको छ । तराईका जिल्लाहरूमा अत्याधिक गर्मीका कारण सरकारी विद्यालयहरूमा विद्याथीहरूको कम उपस्थिति देखिएने गरेकाले विद्यार्थीहरूको पढाइमा बाधा नपुगोस् भन्ने उद्देश्यले माछापुछ्रे बैंक लिमिटेडले उक्त पङ्खाहरू प्रदान गरेको हो ।
बैंकको मोरङ जिल्ला विराटचोकस्थित शाखा कार्यालय प्रमुख रमेश अधिकारीले उक्त श्रीखण्ड माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद आचार्यलाई उक्त १० थान सिलिङ पङ्खाहरू हस्तान्तरण गरे ।