कारोबार संवाददाता
बिहिवार, असार १२, २०७६
372

सिद्घार्थ बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कुष्ठरोग निवारण संघलाई ८० हजार ८ सय रुपैयाँ प्रदान गरेको छ । संघले बैंकबाट प्राप्त उक्त रकम कुष्ठरोगबाट प्रभावित सदस्यका शिक्षाका लागि उपयोग गर्नेछ ।
आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यक्रमहरूमा निरन्तर सहभागिता जनाउँदै जाने योजना रहेको बैंकले जानकारी गराएको छ ।