कारोबार संवाददाता
बिहिवार, असार १२, २०७६
277

आईएमई ग्रुपद्वारा प्रवद्र्घित आईएमई पे र आईसीएफसी फाइनान्सबीच बैंकिङ साझेदारसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार आईसीएफसी फाइनान्स आईएमई पेको बैंकिङ साझेदार संस्था हुनेछ । आईसीएफसी फाइनान्सका खातावाहक सेवाग्राहीहरूले खाताको पैसा आईएमई डिजिटलमा रकमान्तर गर्न र आईएमई पेमार्फत विभिन्न सेवाहरूको भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।
काठमाडौंमा हालै आयोजित एक विशेष कार्यक्रमकाबीच आईएमई पेका तर्फबाट सञ्चालक खिलेन्द्र पौडेल र आईसीएफसी फाइनान्सका तर्फबाट सामान्य सेवा विभाग प्रमुख सञ्जय थपलियाले सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।