कारोबार संवाददाता
बिहिवार, असार १२, २०७६
345

 ग्लोबल आईएमई बैंक र इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आईएफसी) बीच बुधबार ऋणका लागि सम्झौता आदान–प्रदान भएको छ । ग्लोबल आईएमई बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र इन्टरनेसनल फाइनान्स कर्पोरेसनका आवासीय प्रतिनिधि तथा नेपाल प्रमुख एम रेहन रशिदले आज बैंकमा आयोजित एक समारोहकाबीच सम्झौता आदान–प्रदान गरेका हुन् ।
सम्झौताअनुसार, नेपाल राष्ट्र बैंकबाट स्वीकृतिपश्चात् ग्लोबल आईएमई बैंकले २ करोड अमेरिकी डलर (करिब २ अर्ब २० करोड नेपाली रुपैयाँ) ऋण लिई विभिन्न क्षेत्रहरुमा ऋण लगानी गर्नेछ । यो सम्झौताले हाल बैंकिङ क्षेत्रमा देखिएको लगानीयोग्य पुँजीको अभावलाई केहीहदसम्म कम गर्ने विश्वास बैंकले लिएको छ ।
आईएफसीबाट ल्याइने ऋmणलाई विशेष गरी साना तथा मझौला उद्योग, पर्यटन तथा कृषि क्षेत्रमा ऋण लगानी गर्ने बैंकको योजना छ ।