कारोबार संवाददाता
बिहिवार, असार १२, २०७६
256

सिभिल बैंकले आफ्नो शाखा विस्तारको क्रममा दाङको लालमटीयामा शाखा सञ्चालनमा ल्याएको छ । सो शाखाको उद्घाटन राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले गरेका थिए ।
शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरू, सिभिल बैंकको प्रदेश नं. ५का प्रदेश प्रमुखीकरण धमला, सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरू, उद्योगी, व्यवसायी, गन्यमान्य व्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति रहेका भन्दै बैंकले लालमटीया शाखासहित सिभिल बैंककोे कुलशाखा संख्या ८३ पुगेकोे पनि जनाएको छ ।