कारोबार संवाददाता
बुधवार, असार ११, २०७६
264

सिद्धार्थ बैंकले, नेपाल राष्ट्र बैंकको ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याजअनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ स्वदेशमा नै उच्चशिक्षा हासिल गरी उद्यमी बन्न चाहने, न्यून आर्थिक अवस्था भएका, सीमान्तकृत तथा विपन्नवर्गका विद्यार्थीहरूलाई लक्षित गर्दै ‘सिद्घार्थ उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा’ ल्याएको छ ।
उक्त कर्जाको कार्यान्वयनको लागि सिद्घार्थ बैंक लिमिटेड र कलेज अफ अप्लाइड फूड एन्ड डेरि टेक्नोलोजि (क्याफोडयाट) कलेज बिच बैंकिङ सम्झौता भएको छ । यस सम्झौताअनुसार काठमाडौंस्थित मीनभवनमा रहेको उक्त कलेजमा फुड तथा डेरि टेक्नोलोनीमा स्नातक तथा स्नातकोत्तर गर्न चाहने विद्यार्थीहरूलाई बैंकले कुनै अन्य शुल्कन लाग्ने गरी आधार दरमा २ प्रतिशत मात्र प्रिमियम जोडि हुनआउने व्याज दरमा शैक्षिक कर्जा प्रवाह गरिने बैंकले जनाएको छ ।
उक्त ब्याज दरमा नेपाल राष्ट्र बैंकद्वारा ५ प्रतिशत सहुलियत प्रदान गरिने भन्दै बैंकले उच्चशिक्षा हासिल गर्दै स्वदेशमै शिक्षा तथा रोजगारीमा प्रोत्साहन गर्न यस्तो प्रकारको कर्जा सुविधा सिद्घार्थ बैंक लिमिटेडको सम्पुर्ण शाखाहरूमार्फत उपलब्ध गराउने जनाएको छ ।