कारोबार संवाददाता
बुधवार, असार ११, २०७६
260

एनआईसी एसिया बैंक लिमिटेड र सीपी हस्पिटल, धनगढी, चटकपुरबीच बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई सीपी हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरूमा २० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रादेशिक कार्यालयका प्रमुख टेकराज भट्ट र सीपी हस्पिटलको तर्फबाट हस्पिटलका प्रशासन निर्देशक विकास मौनीले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।


सातामा धेरै पढिएको