कारोबार संवाददाता
बुधवार, असार ११, २०७६
280

 नेपाल क्लियरिङ हाउस लिमिटेडले आफ्नो १२८ औ सञ्चालक समितिको बैठकबाट नरेश शाक्यलाई सर्व–सम्मत रूपमा अध्यक्ष पदमा चयन गरेको छ । शाक्य नेपाल राष्ट्र बैंकको बैंकिङ अफिसमा कार्यकारी निर्देशक छन् ।
त्यसैगरी बोर्डले स्मार्ट च्वाइस टेक्नोलोजिज्की निर्देशक कुशुम लामालाई निर्देशकका रूपमा नियुक्त गरेको पनि जनाएको छ । नेपाल क्लियरिङ हाउसको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकबाट एक जना, वाणिज्य बैंकबाट तीन जना, विकास बैंक, वित्तीय कम्पनी र स्मार्ट च्वाइस टेक्नोलोजिज्बाट एक¬–एक जनाप्रतिनिधि छन् ।