कारोबार संवाददाता
बुधवार, असार ११, २०७६
331

ग्लोबल आईएमई बैंक र एनएलजी इन्स्योरेन्स कम्पनीबीच संस्थागत अभिकर्तासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा मंगलबार ग्लोबल आईएमई बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र एनएलजी इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले हस्ताक्षर गरेका छन् ।
सम्झौतापत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमई बैंकका १ सय ३७ वटै शाखामार्फत एनएलजी इन्स्योरेन्स कम्पनीको निर्जीवन बिमा योजनाहरू खरिद गर्नुका साथै निर्जीवन बिमासम्बन्धी सम्पूर्ण सेवाहरू छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिने भन्दै ग्लोबल आईएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुरयाउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।