कारोबार संवाददाता
मंगलबार, असार १०, २०७६
317

आफ्ना ग्राहकहरूलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले सनराइज बैंकले देशका विभिन्न भागमा शाखा सञ्चालन गर्दै आउने क्रममा सोलुखुम्बुस्थित किन्जामा १०८ औं र रामेछापस्थित शिवालयमा १०९ औं शाखा सञ्चालनमा ल्याएको छ । आइतबार आयोजित औपचारिक कार्यक्रममा लिकुपिके नगरपालिकाको मेयर डम्बरबहादुर बस्नेतले किन्जा शाखाको उद्घाटन गरे । साथै गोकुल गंगागाउँपालिकाको मेयर खड्कबहादुर सुनुवारले शिवालय शाखाको सोमबार उद्घाटन गरेका थिए ।