कारोबार संवाददाता
सोमवार, असार ९, २०७६
331

काठमाडाैको कमलादीमा प्रधान कार्यालय रहेको बेस्ट फाइनान्स कम्पनीले पोखरामा २ दिने तालिम र बजेट कन्फ्रेन्स सम्पन्न गरेको छ । फाइनान्सले शाखा प्रबन्धकका लागि क्रेडिट प्रपोजल लेखन तालिम र विभागीय प्रमुखका लागि आगामी आवको कार्य योजनाका लागि बजेट कन्फ्रेन्स गरेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए । तालिमको प्रमुख प्रशिक्षक वीएन घर्तीले सहभागीलाई क्रेडिट प्रपोजल लेखनका विषयलगायत वित्तीय बजारको विविध विषयमा सहजीकरण गरेका थिए । फाइनान्सका १४ शाखाका शाखा प्रबन्धक विभागीय प्रमुखसहित २५ जनाको सहभागिता रहेको उक्त तालिम र बजेट कन्फ्रेन्समा फाइनान्सले हालसम्म गरेको प्रगति विवरण र अबको वर्षमा गर्ने कार्ययोजनाका विषयमा तयारी स्वरूप यो कन्फ्रेन्सको आयोजना गरिएको सीईओ तोयराज अधिकारीले बताए ।