कारोबार संवाददाता
आइतवार, असार ८, २०७६
265

मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाद्वारा नवनियुक्त कर्मचारीहरूलाई लघुवित्तसम्बन्धी २ दिने आधारभूत तथा व्यवस्थापन तालिम समापन गरेको छ । तालिममा २७ जना कर्मचारीको सहभागिता रहेको भन्दै संस्थाले नवनियुक्त कर्मचारीहरूलाई कार्यगत तथा जिम्मेवारी दिई कार्यक्षेत्रमा पठाउनु अघि सहजीकरण गराउने तथा नीति नियमका साथै कार्य प्रक्रियाका बारेमा जानकारी गराउने उद्देश्यले तालिमको आयोजना गरिएको जनाएको छ । त्यस्तै, तालिममा कर्जा लगानी, कार्यक्षेत्रमा प्रवेश गर्नुपूर्व गर्नुपर्ने कार्यहरूका बारेमा जानकारी दिइएको संसथाले जनाएको छ ।
समापन समारोहलाई सम्बोधन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले संस्था नेपाल राष्ट्र बैंकको नियम, निर्देशानुसार सञ्चालनमा संस्थामा संलग्न भइसकेपछि कर्मचारीहरूले आफ्नो पेसाप्रति इमान्दारी, असल आचरण, अनुसाशित, व्यावहारिक रही नतिजामुखी कार्य गर्दै कार्यक्षेत्रमा जानुपर्ने बताए ।