कारोबार संवाददाता
आइतवार, असार ८, २०७६
296

गत जेठ २३ गते सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको धनगढी आसपास आएको भीषण हावाहुरीमा परी पीडित हुनेहरूका लागि जनता बैंकको तर्फबाट आर्थिक सहयोग प्रदान गरिएको छ ।
धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको ‘धनगढी उपमहानगरपालिका प्रकोप व्यवस्थापन कोष’लाई बैंकको तर्फबाट १ लाख ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराइएको जनाएको छ ।
उक्त सहयोग रकमको चेक बैंकको सुदूरपश्चिम प्रदेशका प्रादेशिक प्रमुख मुकुन्दप्रसाद भट्टले धनगढी उपमहानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टलाई हस्तान्तरण गरेका थिए ।